Showing posts with label poetry 2010. Show all posts
Showing posts with label poetry 2010. Show all posts

Monday, March 29, 2010

जिन्दगि

ए जिन्दगि, दैनिकी भित्र अल्झेको जिन्दगि
बाहिर हेर, सन्सार छ, छुट्टै सन्सार छ
सिमाना हरु छन्,
रखवाली नबन यी सीमाहरुको
यी सिमाहरु फगत: निर्जीव हुन्
मानौ एक लास
एक पार्थिव आभास
तलाई लाग्ला यो तेरो अन्त हो
तर अन्त्यको कोहि आदिअन्त्य छैन
बिचार झैं, कल्पना झैं
आफुलाई लाइ भोग मात्र सम्झने तेरो
आतिरान्जनाको अन्ताहींन यात्रालाइ
पुर्णबिराम दे, ए जिन्दगि
अन्त्य तब सार्थक हुनेछ
मानौ सब सरल हुनेछ
जिन्दगि अनि यसको अन्त पनि
सब सरल हुनेछ