कति कति जानि नजानि सति गए पनि
धेरै धेरै चितामा जबर्जस्ति राखिए पनि
तिमिसगं सांचै कुनै बाद भएको भए
आगतलाई बिगतमा फर्काउने
तिम्रो कुटिल् चालमा अब
तिमिले कोहि सतिहरु पाउनेछैनौ
कथमकदाचित पाएछौ भनेपनि
त्यस्को पछडि कुनै मलामि भेटने छैनौ
ं ं ं ं ं ं ं ं ं ं ं ं ं ं ं ं ं ं
बैज्ञानिक सत्यको उतर आधुनिक कालमा
द्वन्दात्मक आत्मरतिमा रमाउने
तिम्रा खिइएका बाद-सपनाहरु समयसगैं
फगत् एक् भ्रम अनेकौ कल्पना भएकाछन्
सम्हलिएउ ए दम्भि ऐरावतहरु
लेखनु पर्दैन तिम्ले नँया इतिहास
समयमै रोकिएउ मुर्ख कलिदासहरु
अर्थ्याउनु पर्दैन तिम्ले स्वतन्त्रता
ं ं ं ं ं ं ं ं ं ं ं ं ं ं ं ं ं ं
समयको बिपरित अभियान छोडेनौ भने
इतिहासले तिमिहरुलाई बख्सने छैन्
बर्तमानले तिमिहरुलाई सहने छैन्
भविश्यले तिमिहरुलाई सम्झने छैन्
पानि पाईला सरि मटियामेट हुनेछौ तब
तिम्रा लागि कोहि शिखन्डि हुन्नन जब
धेरै धेरै कृष्नहरुले सखंनाद गर्नेछन् अब
धेरै अस्ववस्थामाहरु हतोहत:हुनेछन् अब
Thursday, November 5, 2009
Subscribe to:
Post Comments (Atom)
सुन्दर अभिव्यक्ति!
ReplyDelete"समयमै रोकिएउ मुर्ख कलिदासहरु
अर्थ्याउनु पर्दैन तिम्ले स्वतन्त्रता"
तर खोइ सति जानेहरुको भिड बढेकै देख्छु म त