अरुले हेर्दा एउटा स्वतन्त्र ब्यक्ति
पागल, बहुला
ब्यक्तित्व शव्दको भयानक त्रासमा
हिटलरबाट आतङ्कीत
यहुदीहरुझै
समाजबाट त्रसित ब्यक्तित्व ।
...................................................................
नगरपालिकाले जम्मा गरेको कसिगंरबाट
पुस्तकका पानाहरु, रद्दी अबवारहरु
ढलबाट टिपी
पढने एउटा बिद्धान ब्यक्तित्व ।
...............................................................
यन्त्र मानवझै अनौठो कार्यकलाप गर्ने
आकर्षणको बिन्दु
भिडभाडमा, जमातमा, एकान्तमा
हरएक बर्ग अनि ब्यक्तिको लागि
फुर्सदी चर्चाको बिषय
एउटा चर्चित ब्यक्तित्व ।
.......................................................
माईक रुपि मुखबाट
हृदयको निष्कपट प्रस्फुटनको
कबिता सुनाउने, कबि ब्यक्तित्व
सडकको खाली क्यानभासमा
द्रुत कल्पनाशीलताबाट
चित्र कोर्ने, कलाकार ब्यक्तित्व ।
........................................................
अनिर्णित पाईलाहरु टेकेर
यत्रतत्र धुमिहिडने
दीमागको दासत्व स्वीकार्ने
दासहरुको समग्रमा उपहास गर्ने
एउटा स्वतन्त्र अनि मुक्त ब्यक्तित्व ।
............................................................
लथालिगींएको कट्टुबाट
गुप्तागंको गोपनियता फुस्काउँदै
ढुक्क अनि आँटिलो भएर
क्रत्रिमताको अति बिश्वासमा
प्रकृतीको जरो गाडदै हिडने
एउटा साधारण ब्यक्तित्व ।
....................................................
जीवनको बिश्वासमा
मृत्युपर्यन्तको अनुभव नदेख्ने
निश्किृयताको बिरोधमा
सकृय योगदान गर्ने
आफुलाई बिषयबस्तु बनाउने
एउटा प्रेरणादायी ब्यक्तित्व ।
........................................................
यान्त्रिक युगको
एकोहोरो सोचाइदेखी भिन्न
सिक्काको अर्को पाटामा
बिचार्ने चर
एक्लो यो संसारमा, नितान्त एक्लो
एउटा फरक ब्यक्तित्व ।
...........................................................
कलेजका युवतीहरुको
धोती र पछयौरी समाती
अनि बजारमा बृद्धहरुको स्पर्षमा
बात्सल्य भनु या सहानुभूतीको
आशामा आशावान
एउटा अनाथ ब्यक्तित्व ।
...........................................................
जाडो गर्मीको असमानतामा
बैज्ञानिक परिभाषाको सत्यलाई
असत्य प्रमाणित गर्ने
गर्मीमा पंचाग्नी ताप्न सक्ने
जाडोमा हिउँमा बस्न सक्ने
एउटा प्रायोगिक ब्यक्तित्व ।
.......................................................................
लामो झापले कपालमा
सुईरे नङ्गले गिजिल्टयाउँदै कन्याउदा
अफिसको कार्य सकिन्छ
सिगांनले बिरुप पारेको अनुहारमा
द्वारीमा ¥याल पर्दा
रातमा मानिसहरु सुतिसक्छन्
झरेर बाकीबसेका केही परेलाहरुले
आँखाका ढकनीहरुलाई बन्द गराउँदा
सबै उठिसकेका हुन्छन्
अनि सडक, नाली या रक्ष्यान,
झागं, मैदान या खण्डहरमा
कचपिल्टो निद्रांबाट ब्युँझदा
अफिसको कार्य सकि
मानिसहरु सुतिसकेका हुन्छन्
त्यसैले,
दीन पछि रात हुन्छ
रात पछि दीन ।।
........................................................
स्मृतिको पानाबाट २०४३...
महाकबि देवकोटामा समर्पित
Showing posts with label Poetry. Show all posts
Showing posts with label Poetry. Show all posts
Thursday, December 6, 2012
Wednesday, December 5, 2012
युद्धको बिभिषिका
उ उद्वेलित हुन्छे
युद्वको बिभिषिकाको भयङ्कर सत्यमा,
उ युद्धभुमीमा छे
नरसंहारको ताण्डव नृत्य हेर्दै
क्षतबिक्षत लाशहरुको माझमा
उसको अस्तित्व
उसलाई रौद्र सपना झैँ लाग्छ,
उसका नयनहरु घुम्छन् जीवनको तलाशमा,
उसको जिज्ञासाको जवाफमा
गिद्व, स्याल र मुसाहरु
अस्तित्वबोध गराउँछन रौद्र हुकांरहरुमा,
उ चिच्याउछे
बारुद र बमको धुवाँ अनि धुलोयुक्त वायुमण्डलमा,
उसका आँखाहरु बन्द हुन खोज्दछन्
उ भाग्न खोज्छे,
उसका खुट्टहरु अल्झिन्छन
अगंबिहिन शवहरुमा,
उसका आँखाहरु स्थिर हुन्छन
मानौ उ निर्जीव भएकि छे,
उ उसको मुटुको साहारा खोज्छे
तर लाग्छ उसको जिवंतता लाश भएको छ
उ जडवत हुन्छे
लाशहरुविच, गिद्व, स्याल र मुसाहरुविच,
क्षितिजको रक्तिम रगंहरुबाट
उसलाई सन्ध्याको आभास हुन्छ,
केही ह्रदयविदारक आर्तनादहरु
गिद्व, स्याल र मुसाहरुको चिच्याहटमा बिलुप्त हँुदा
उ आफनो कर्ण अस्तित्वलाई भ्रम ठान्छे
अनि भयानक आवाज निकाल्दै
दौडन्छे, लडदै पडदै
लाशहरुलाई कुल्चदै,
मेशिनगन र राइफलहरुलाई हुत्याउँदैँ,
दौडिरहन्छे, दौडिरहन्छे,
अकस्मात उ टक्क अडिन्छे
मानविय अट्टाहसहरुविच,
उ हर्षबिभोर हुन्छे
मानौ उ भयानक अन्धकारबाट
पेरिसको झिलिमिलिमा आइपुगेकि छ,
अनि केही मानविय खुसफुसाहटहरुमा
उ बिर्सिदिन्छे लाशहरुको थुप्रो,
गिद्व, स्याल र मुसाहरुको झुण्ड,
उ झयामिन पुग्छे
केही मानवहरुको विचमा,
अचानक उ आफनो शरिरको अफठयारा भागहरुमा
केही हातहरुको स्पर्ष पाउँछे,
उ मुग्ध हुन्छे, मायालु हुन्छे
मानविय बात्सल्य अनि सहानुभुतीको बिश्वासमा,
अचानक उ पछारिन्छे अन्धकारमा,
हर्षित अट्टाहसहरुविच
क्रमशः उ केही वजनहरु आफुमाथि महशुश गर्छे,
केही क्षण उ सन्तुष्ट हुन्छे
उ सोच्छे, किनकी यो त जिवीतहरुको वजन हो
क्रमशः वजनहरुको बढोक्तरीमा,
अचानक तिव्र पिडाको लहरमा,
उ चिच्याउँछे
तर उसको चिच्याहट
केही पूरुष अट्टाहसहरुविच
रुमल्लिदै निरन्तर बेहोशीको गहन अन्धकारमा बिलुप्त हुन्छ,
केही भोका कामपिपासुहरुको कामुकताबिच
सत्यमा उ रगताम्य हुन्छे
एउटा सिगों युद्धभुमीको बिदीर्णतालाई सम्झना गराउँदै,
अनि केही प्रहर पश्चात
शनैः शनैः बुटका ग¥याम ग¥याम टाढा हुदै जान्छन्
तर उसको लाश पडिरहन्छ त्यहाँ
गिद्व, स्याल र मुसाहरुविच,
उसलाई दुई वर्गका गिद्व, स्याल र मुसाहरुले खाएका छन्
एउटा सिगों युद्ध मैदान बनाएर
उसको अन्त्यले अनि
सत्यको अस्तित्वलाई चुनौती दिइरहेको हुन्छ
अनि सत्य आफनो बाँच्ने आधार खोजिरहेको हुन्छ ।
युद्वको बिभिषिकाको भयङ्कर सत्यमा,
उ युद्धभुमीमा छे
नरसंहारको ताण्डव नृत्य हेर्दै
क्षतबिक्षत लाशहरुको माझमा
उसको अस्तित्व
उसलाई रौद्र सपना झैँ लाग्छ,
उसका नयनहरु घुम्छन् जीवनको तलाशमा,
उसको जिज्ञासाको जवाफमा
गिद्व, स्याल र मुसाहरु
अस्तित्वबोध गराउँछन रौद्र हुकांरहरुमा,
उ चिच्याउछे
बारुद र बमको धुवाँ अनि धुलोयुक्त वायुमण्डलमा,
उसका आँखाहरु बन्द हुन खोज्दछन्
उ भाग्न खोज्छे,
उसका खुट्टहरु अल्झिन्छन
अगंबिहिन शवहरुमा,
उसका आँखाहरु स्थिर हुन्छन
मानौ उ निर्जीव भएकि छे,
उ उसको मुटुको साहारा खोज्छे
तर लाग्छ उसको जिवंतता लाश भएको छ
उ जडवत हुन्छे
लाशहरुविच, गिद्व, स्याल र मुसाहरुविच,
क्षितिजको रक्तिम रगंहरुबाट
उसलाई सन्ध्याको आभास हुन्छ,
केही ह्रदयविदारक आर्तनादहरु
गिद्व, स्याल र मुसाहरुको चिच्याहटमा बिलुप्त हँुदा
उ आफनो कर्ण अस्तित्वलाई भ्रम ठान्छे
अनि भयानक आवाज निकाल्दै
दौडन्छे, लडदै पडदै
लाशहरुलाई कुल्चदै,
मेशिनगन र राइफलहरुलाई हुत्याउँदैँ,
दौडिरहन्छे, दौडिरहन्छे,
अकस्मात उ टक्क अडिन्छे
मानविय अट्टाहसहरुविच,
उ हर्षबिभोर हुन्छे
मानौ उ भयानक अन्धकारबाट
पेरिसको झिलिमिलिमा आइपुगेकि छ,
अनि केही मानविय खुसफुसाहटहरुमा
उ बिर्सिदिन्छे लाशहरुको थुप्रो,
गिद्व, स्याल र मुसाहरुको झुण्ड,
उ झयामिन पुग्छे
केही मानवहरुको विचमा,
अचानक उ आफनो शरिरको अफठयारा भागहरुमा
केही हातहरुको स्पर्ष पाउँछे,
उ मुग्ध हुन्छे, मायालु हुन्छे
मानविय बात्सल्य अनि सहानुभुतीको बिश्वासमा,
अचानक उ पछारिन्छे अन्धकारमा,
हर्षित अट्टाहसहरुविच
क्रमशः उ केही वजनहरु आफुमाथि महशुश गर्छे,
केही क्षण उ सन्तुष्ट हुन्छे
उ सोच्छे, किनकी यो त जिवीतहरुको वजन हो
क्रमशः वजनहरुको बढोक्तरीमा,
अचानक तिव्र पिडाको लहरमा,
उ चिच्याउँछे
तर उसको चिच्याहट
केही पूरुष अट्टाहसहरुविच
रुमल्लिदै निरन्तर बेहोशीको गहन अन्धकारमा बिलुप्त हुन्छ,
केही भोका कामपिपासुहरुको कामुकताबिच
सत्यमा उ रगताम्य हुन्छे
एउटा सिगों युद्धभुमीको बिदीर्णतालाई सम्झना गराउँदै,
अनि केही प्रहर पश्चात
शनैः शनैः बुटका ग¥याम ग¥याम टाढा हुदै जान्छन्
तर उसको लाश पडिरहन्छ त्यहाँ
गिद्व, स्याल र मुसाहरुविच,
उसलाई दुई वर्गका गिद्व, स्याल र मुसाहरुले खाएका छन्
एउटा सिगों युद्ध मैदान बनाएर
उसको अन्त्यले अनि
सत्यको अस्तित्वलाई चुनौती दिइरहेको हुन्छ
अनि सत्य आफनो बाँच्ने आधार खोजिरहेको हुन्छ ।
Tuesday, December 4, 2012
एउटा रातको अन्त्यमा ।
दिन डुब्दै गयो, साँझ गहिरिदै गयो
एकाएक जोरसँग बजेको मन्दिरको धण्टीले
म झसगिंदै अनि सशंकित हुंदै
उसको बादलझैँ केशबाट हात हटाए ।
उ आश्चर्यचकित भइ, अनि क्रुद्घ पनि
एक्कसि उसको सपनाबाट
ब्युँझाईदिएको भनि ।
............................
मैले उसलाई समयको चेश्टा गराएँ
उ निश्चेश्ट भई
मैले उसलाई यथार्थमा झकझक्याए
उ तान्द्रिल भई
उ सपनामै रहन चाहन्थि
मैले चेताए ।
उ निर्निमेष मलाई हेर्न थाली
म लजाए ।
उसको गुलाबी गालाको लाली
मैले रगतमा सजाए ।
उसको प्रपुश्ट चम्पकझैँ शरिरको स्निग्धतामा
म हराए ।
एउटा मादक बेहोशिको मदमा
म बेहोशिए ।
.............................................................................
साँझ रातमा परिणत भएछ ।
हाम्रो वरपर परिवश स्थिर भएछ ।
मैले शान्तिको अनुभव गरे
अनि उसले बन्धनमुक्त निश्वास लिई
एउटा मिठो अनि सुखद
अनुभुतिलाई उसले पिई
म हर्षित भएँ ।
उसका मादक एंव केलिकंपित स्वर लहरीमा
लहरिदै, बहँदैं अनि उडदै
मैले उसको उरध्व नितम्बमा स्पर्ष गरे
अनि सुकोमल कम्मरमा, कंचन जाघंमा
मेरा अनुरागहरु मेरा हातमा आएछन् ।
मैले आफना हातहरु उसका स्कन्घ प्रदेशमा राखे
ओठमा अोठ, अनि श्वासमा श्वास
मानौ अन्तरहिृदयका कुराहरु परस्पर भइरहेछ
अनि स्वप्निल हुदै स्वप्नामा
हामी हरायौँ
वातावरणमा एउटा प्रणय तरलता छर्दै ।
..................................................................
क्षिर अन्धकार अनि मध्यरातमा
चन्द्रमाको शीतल शुभ्र प्रकाशमा
उ ब्यझिईँ, हर्षित भई मेरो साथमा
मैले उसको चेहरा उचाली
चन्द्रमालाई लोभ्याए ।
मैले उसका नयनहरुमा
जीन्दगीका बसन्तहरु सँजाए ।
उसका सजिव चक्षुहरुको चपल वाकिंमतामा
म हराए ।
हाम्रो यस्तो चाला देख्दा
चन्द्रमा र जुनहरु लजाए ।
उसका निशर्त समर्पणहरुमा
मैले रातसगं बिहान नहुन अनुरोध गरे ।
मेरो अनुरोधको जवाफमा
समय शनैः शनैः चिप्लिरह्यो ।
अनि मैले उसलाई आफनो बहुपाशमा बाँधे
अनन्तमा हेर्दै, जहाँबाट
क्रमशः रातको मन्द कालिमा हटदै थियो
एउटा अविस्मरणिय रातको अन्त्यमा ।
........................................................................
स्मृतिको पानाबाट २०४२
एकाएक जोरसँग बजेको मन्दिरको धण्टीले
म झसगिंदै अनि सशंकित हुंदै
उसको बादलझैँ केशबाट हात हटाए ।
उ आश्चर्यचकित भइ, अनि क्रुद्घ पनि
एक्कसि उसको सपनाबाट
ब्युँझाईदिएको भनि ।
............................
मैले उसलाई समयको चेश्टा गराएँ
उ निश्चेश्ट भई
मैले उसलाई यथार्थमा झकझक्याए
उ तान्द्रिल भई
उ सपनामै रहन चाहन्थि
मैले चेताए ।
उ निर्निमेष मलाई हेर्न थाली
म लजाए ।
उसको गुलाबी गालाको लाली
मैले रगतमा सजाए ।
उसको प्रपुश्ट चम्पकझैँ शरिरको स्निग्धतामा
म हराए ।
एउटा मादक बेहोशिको मदमा
म बेहोशिए ।
.............................................................................
साँझ रातमा परिणत भएछ ।
हाम्रो वरपर परिवश स्थिर भएछ ।
मैले शान्तिको अनुभव गरे
अनि उसले बन्धनमुक्त निश्वास लिई
एउटा मिठो अनि सुखद
अनुभुतिलाई उसले पिई
म हर्षित भएँ ।
उसका मादक एंव केलिकंपित स्वर लहरीमा
लहरिदै, बहँदैं अनि उडदै
मैले उसको उरध्व नितम्बमा स्पर्ष गरे
अनि सुकोमल कम्मरमा, कंचन जाघंमा
मेरा अनुरागहरु मेरा हातमा आएछन् ।
मैले आफना हातहरु उसका स्कन्घ प्रदेशमा राखे
ओठमा अोठ, अनि श्वासमा श्वास
मानौ अन्तरहिृदयका कुराहरु परस्पर भइरहेछ
अनि स्वप्निल हुदै स्वप्नामा
हामी हरायौँ
वातावरणमा एउटा प्रणय तरलता छर्दै ।
..................................................................
क्षिर अन्धकार अनि मध्यरातमा
चन्द्रमाको शीतल शुभ्र प्रकाशमा
उ ब्यझिईँ, हर्षित भई मेरो साथमा
मैले उसको चेहरा उचाली
चन्द्रमालाई लोभ्याए ।
मैले उसका नयनहरुमा
जीन्दगीका बसन्तहरु सँजाए ।
उसका सजिव चक्षुहरुको चपल वाकिंमतामा
म हराए ।
हाम्रो यस्तो चाला देख्दा
चन्द्रमा र जुनहरु लजाए ।
उसका निशर्त समर्पणहरुमा
मैले रातसगं बिहान नहुन अनुरोध गरे ।
मेरो अनुरोधको जवाफमा
समय शनैः शनैः चिप्लिरह्यो ।
अनि मैले उसलाई आफनो बहुपाशमा बाँधे
अनन्तमा हेर्दै, जहाँबाट
क्रमशः रातको मन्द कालिमा हटदै थियो
एउटा अविस्मरणिय रातको अन्त्यमा ।
........................................................................
स्मृतिको पानाबाट २०४२
Thursday, November 22, 2012
अस्पताल
हावाको अखण्ड र प्रचण्ड निश्वासमा,
काप्छन् बत्तिको हल्का प्रकाशमा,
जीवन अझै वांकी छ समाप्त भएको छैन्
भन्ने मृत्यूको जितको परिवेशले सिंगारिएको
आवाज सूनी अविश्वासमा ।
पिडित र निरिह आवाजरुपि प्रश्वासमा,
अनूहारको जिर्णता गहरिदै जान्छ अन्धकारमा,
धैर्य गर जीवन अनमोल हून्छ
भन्ने मन्द आवाज सूनी,
जिर्णित मूस्कान गहिरीदै जान्छ उपहासमा ।
दूःखी र पिडितको अस्थाई प्रवासमा
सवै आआफूमै दृष्टि फिराउंछन मौनतामा,
जीवनको जीत हून्छ हून्छ, अस्पताल
भन्ने असहाय आवाज सूनी
मृत्यूको अर्को एउटा रेखा थपिन्छ जिर्णित चेहरामा
कराहट गहिरिन्छ व्यंग्यव्यंग्यैमा ।
दूई समूंन्द्र झर्दछन यथार्थि विवशतामा
सवै हार मानेझैं ओठ कपाउंछन निरशतामा
आशा छैन के गरी वचाउने
भन्ने ज्यादै नैराश्यमा डूवेको आवाज सूनी
जीर्णित अनूहारहरु सन्तोषपुर्ण मूस्कान छर्दछन्
वातावरणमा, मृत्यूको परिवेशमा
मानौ उनीहरुलाई यो मन्जूर छ ।
.............................................................................
स्मृतिको पानाबाट २०४२
काप्छन् बत्तिको हल्का प्रकाशमा,
जीवन अझै वांकी छ समाप्त भएको छैन्
भन्ने मृत्यूको जितको परिवेशले सिंगारिएको
आवाज सूनी अविश्वासमा ।
पिडित र निरिह आवाजरुपि प्रश्वासमा,
अनूहारको जिर्णता गहरिदै जान्छ अन्धकारमा,
धैर्य गर जीवन अनमोल हून्छ
भन्ने मन्द आवाज सूनी,
जिर्णित मूस्कान गहिरीदै जान्छ उपहासमा ।
दूःखी र पिडितको अस्थाई प्रवासमा
सवै आआफूमै दृष्टि फिराउंछन मौनतामा,
जीवनको जीत हून्छ हून्छ, अस्पताल
भन्ने असहाय आवाज सूनी
मृत्यूको अर्को एउटा रेखा थपिन्छ जिर्णित चेहरामा
कराहट गहिरिन्छ व्यंग्यव्यंग्यैमा ।
दूई समूंन्द्र झर्दछन यथार्थि विवशतामा
सवै हार मानेझैं ओठ कपाउंछन निरशतामा
आशा छैन के गरी वचाउने
भन्ने ज्यादै नैराश्यमा डूवेको आवाज सूनी
जीर्णित अनूहारहरु सन्तोषपुर्ण मूस्कान छर्दछन्
वातावरणमा, मृत्यूको परिवेशमा
मानौ उनीहरुलाई यो मन्जूर छ ।
.............................................................................
स्मृतिको पानाबाट २०४२
Monday, March 29, 2010
जिन्दगि
ए जिन्दगि, दैनिकी भित्र अल्झेको जिन्दगि
बाहिर हेर, सन्सार छ, छुट्टै सन्सार छ
सिमाना हरु छन्,
रखवाली नबन यी सीमाहरुको
यी सिमाहरु फगत: निर्जीव हुन्
मानौ एक लास
एक पार्थिव आभास
तलाई लाग्ला यो तेरो अन्त हो
तर अन्त्यको कोहि आदिअन्त्य छैन
बिचार झैं, कल्पना झैं
आफुलाई लाइ भोग मात्र सम्झने तेरो
आतिरान्जनाको अन्ताहींन यात्रालाइ
पुर्णबिराम दे, ए जिन्दगि
अन्त्य तब सार्थक हुनेछ
मानौ सब सरल हुनेछ
जिन्दगि अनि यसको अन्त पनि
सब सरल हुनेछ
बाहिर हेर, सन्सार छ, छुट्टै सन्सार छ
सिमाना हरु छन्,
रखवाली नबन यी सीमाहरुको
यी सिमाहरु फगत: निर्जीव हुन्
मानौ एक लास
एक पार्थिव आभास
तलाई लाग्ला यो तेरो अन्त हो
तर अन्त्यको कोहि आदिअन्त्य छैन
बिचार झैं, कल्पना झैं
आफुलाई लाइ भोग मात्र सम्झने तेरो
आतिरान्जनाको अन्ताहींन यात्रालाइ
पुर्णबिराम दे, ए जिन्दगि
अन्त्य तब सार्थक हुनेछ
मानौ सब सरल हुनेछ
जिन्दगि अनि यसको अन्त पनि
सब सरल हुनेछ
Thursday, November 26, 2009
पुनर्जागरण
बहस र सम्बादहरु हेर
समय बर्बाद भएको छ
बालको खाल निकाल्ने
क्रममा अमुक घन्टाघर
त्रस्त अनि छुब्ध छ
जागरणका नयाँ पालुवाहरू
औंशीको हाँडीघोप्टे बिलुप्तिमा
शनै शनै लुप्त हुँदा छन्
मुक्त भै सकेका बुद्धहरु
एकपटक फेरी रुंदा छन्
शब्दजालको मोहपाशको धुर्त
मायानगरीको पुच्छरमा आगो बाल
अनि " मध्यरात्री फेरी" लगाउ
बिपनामा लुप्त सपनाहरु जगाउ
भिछ्या मनचिन्ते हुनेछ
समयको आवाजप्रति अकर्ण
नबनी ठोस् भएर हेर
चपल बांकिमता उन्मुक्तिको
त्यो कतै तिम्रै शब्दजाल बीच
तिम्रै अत्मबिस्म्रितातालाई
अनि तिमि भित्रकै पार्थिव विचारको
पुनर्जन्म पर्खी रहेछ
पुनर्जागरण पर्खी रहेछ
समय बर्बाद भएको छ
बालको खाल निकाल्ने
क्रममा अमुक घन्टाघर
त्रस्त अनि छुब्ध छ
जागरणका नयाँ पालुवाहरू
औंशीको हाँडीघोप्टे बिलुप्तिमा
शनै शनै लुप्त हुँदा छन्
मुक्त भै सकेका बुद्धहरु
एकपटक फेरी रुंदा छन्
शब्दजालको मोहपाशको धुर्त
मायानगरीको पुच्छरमा आगो बाल
अनि " मध्यरात्री फेरी" लगाउ
बिपनामा लुप्त सपनाहरु जगाउ
भिछ्या मनचिन्ते हुनेछ
समयको आवाजप्रति अकर्ण
नबनी ठोस् भएर हेर
चपल बांकिमता उन्मुक्तिको
त्यो कतै तिम्रै शब्दजाल बीच
तिम्रै अत्मबिस्म्रितातालाई
अनि तिमि भित्रकै पार्थिव विचारको
पुनर्जन्म पर्खी रहेछ
पुनर्जागरण पर्खी रहेछ
Friday, November 20, 2009
शहर र सर्पहरु
जंगली दुलो छोडेर सर्पहरु
आजकल शहर पसेका छन्।
चौडा चिल्ला सडकमा घिस्रेर
अमन र शान्ति डसेका छन्।।
सलबलाई रहेका सर्पहरु देखेर
बच्चाहरु स्कुल जान डराउछन्।
जागिरमा गएका सोझा बाउहरु
आजकल सिम्साझै हराउछन्।।
सर्पदंशको क्रम जति बढे पनि
धुर्त न्याउरिमुसाहरु निरिह देखिन्छन्।
बिच्छिहरुको काइते चलमलाई पनि
किन हो किन सुस्तनै देखिन्छन्।।
छाडा सर्पहरुको मैमत्त दाँईले
शहर आकुल ब्याकुल छ।
मानौ युद्धमा पति गुमाएकी
बिधुवा जस्तो शोकाकुल छ।।
सर्प बिच्छी र न्याउरिमुसाहरुको
ब्रम्हजालमा जेलिएर-
यिनीहरुकै आडम्बरी अतिरंजनाको
पेलाइमा पेलिएर-
शहरले आत्मा र बैभव अनि
रौनक र रहरहरु गुमाएको छ।।
निराशा र छुब्धतामा आज
झन्डै आफ्नो परिचय गुमाएको छ।।
आजकल शहर पसेका छन्।
चौडा चिल्ला सडकमा घिस्रेर
अमन र शान्ति डसेका छन्।।
सलबलाई रहेका सर्पहरु देखेर
बच्चाहरु स्कुल जान डराउछन्।
जागिरमा गएका सोझा बाउहरु
आजकल सिम्साझै हराउछन्।।
सर्पदंशको क्रम जति बढे पनि
धुर्त न्याउरिमुसाहरु निरिह देखिन्छन्।
बिच्छिहरुको काइते चलमलाई पनि
किन हो किन सुस्तनै देखिन्छन्।।
छाडा सर्पहरुको मैमत्त दाँईले
शहर आकुल ब्याकुल छ।
मानौ युद्धमा पति गुमाएकी
बिधुवा जस्तो शोकाकुल छ।।
सर्प बिच्छी र न्याउरिमुसाहरुको
ब्रम्हजालमा जेलिएर-
यिनीहरुकै आडम्बरी अतिरंजनाको
पेलाइमा पेलिएर-
शहरले आत्मा र बैभव अनि
रौनक र रहरहरु गुमाएको छ।।
निराशा र छुब्धतामा आज
झन्डै आफ्नो परिचय गुमाएको छ।।
Friday, November 13, 2009
मुक्तक मन्थन्
जिबन कस्तो कस्तो-
समयले खबरदारि गर्न
कुखुरा बास्नु पर्ने
दुखहरुको पहरेदारि गर्न
हाँसो हाँस्नु पर्ने
००००००००००००००००००
चेतन कस्तो कस्तो-
साहुहरु नासो नलुकाउ
ब्याज को दर घटेको छैन्
लत्रेको शिर अझ नझुकाउ
बिरुद्धमा कोहि जुटेको हैन्
०००००००००००००००००००
भावना कस्तो कस्तो-
अफै भित्र राखु भन्छु
मुटुभित्र कुनै बाँध छैन्
मन भित्रै काटुँ भन्छु
बसमा कुनै साँध छैन्
०००००००००००००००००००
अतिरन्जना कस्तो कस्तो-
आकाशलाई मुठिमा राख्न्नु पर्ने
स्वर्ग पनि चाख्न्नु पर्ने
यो सबको तर बहि खातामा
हिसाब पनि राख्न्नु पर्ने
००००००००००००००००००००
समयले खबरदारि गर्न
कुखुरा बास्नु पर्ने
दुखहरुको पहरेदारि गर्न
हाँसो हाँस्नु पर्ने
००००००००००००००००००
चेतन कस्तो कस्तो-
साहुहरु नासो नलुकाउ
ब्याज को दर घटेको छैन्
लत्रेको शिर अझ नझुकाउ
बिरुद्धमा कोहि जुटेको हैन्
०००००००००००००००००००
भावना कस्तो कस्तो-
अफै भित्र राखु भन्छु
मुटुभित्र कुनै बाँध छैन्
मन भित्रै काटुँ भन्छु
बसमा कुनै साँध छैन्
०००००००००००००००००००
अतिरन्जना कस्तो कस्तो-
आकाशलाई मुठिमा राख्न्नु पर्ने
स्वर्ग पनि चाख्न्नु पर्ने
यो सबको तर बहि खातामा
हिसाब पनि राख्न्नु पर्ने
००००००००००००००००००००
Thursday, November 5, 2009
एरावतको सपना
कति कति जानि नजानि सति गए पनि
धेरै धेरै चितामा जबर्जस्ति राखिए पनि
तिमिसगं सांचै कुनै बाद भएको भए
आगतलाई बिगतमा फर्काउने
तिम्रो कुटिल् चालमा अब
तिमिले कोहि सतिहरु पाउनेछैनौ
कथमकदाचित पाएछौ भनेपनि
त्यस्को पछडि कुनै मलामि भेटने छैनौ
ं ं ं ं ं ं ं ं ं ं ं ं ं ं ं ं ं ं
बैज्ञानिक सत्यको उतर आधुनिक कालमा
द्वन्दात्मक आत्मरतिमा रमाउने
तिम्रा खिइएका बाद-सपनाहरु समयसगैं
फगत् एक् भ्रम अनेकौ कल्पना भएकाछन्
सम्हलिएउ ए दम्भि ऐरावतहरु
लेखनु पर्दैन तिम्ले नँया इतिहास
समयमै रोकिएउ मुर्ख कलिदासहरु
अर्थ्याउनु पर्दैन तिम्ले स्वतन्त्रता
ं ं ं ं ं ं ं ं ं ं ं ं ं ं ं ं ं ं
समयको बिपरित अभियान छोडेनौ भने
इतिहासले तिमिहरुलाई बख्सने छैन्
बर्तमानले तिमिहरुलाई सहने छैन्
भविश्यले तिमिहरुलाई सम्झने छैन्
पानि पाईला सरि मटियामेट हुनेछौ तब
तिम्रा लागि कोहि शिखन्डि हुन्नन जब
धेरै धेरै कृष्नहरुले सखंनाद गर्नेछन् अब
धेरै अस्ववस्थामाहरु हतोहत:हुनेछन् अब
धेरै धेरै चितामा जबर्जस्ति राखिए पनि
तिमिसगं सांचै कुनै बाद भएको भए
आगतलाई बिगतमा फर्काउने
तिम्रो कुटिल् चालमा अब
तिमिले कोहि सतिहरु पाउनेछैनौ
कथमकदाचित पाएछौ भनेपनि
त्यस्को पछडि कुनै मलामि भेटने छैनौ
ं ं ं ं ं ं ं ं ं ं ं ं ं ं ं ं ं ं
बैज्ञानिक सत्यको उतर आधुनिक कालमा
द्वन्दात्मक आत्मरतिमा रमाउने
तिम्रा खिइएका बाद-सपनाहरु समयसगैं
फगत् एक् भ्रम अनेकौ कल्पना भएकाछन्
सम्हलिएउ ए दम्भि ऐरावतहरु
लेखनु पर्दैन तिम्ले नँया इतिहास
समयमै रोकिएउ मुर्ख कलिदासहरु
अर्थ्याउनु पर्दैन तिम्ले स्वतन्त्रता
ं ं ं ं ं ं ं ं ं ं ं ं ं ं ं ं ं ं
समयको बिपरित अभियान छोडेनौ भने
इतिहासले तिमिहरुलाई बख्सने छैन्
बर्तमानले तिमिहरुलाई सहने छैन्
भविश्यले तिमिहरुलाई सम्झने छैन्
पानि पाईला सरि मटियामेट हुनेछौ तब
तिम्रा लागि कोहि शिखन्डि हुन्नन जब
धेरै धेरै कृष्नहरुले सखंनाद गर्नेछन् अब
धेरै अस्ववस्थामाहरु हतोहत:हुनेछन् अब
Monday, November 2, 2009
बा तिम्रो सुस्वास्थको कामना
तिम्रो दुखको खबरले पिडाबोध गरिरहँदा
तिमिले दिएको जिबनले अझै स्वाश फेर्न पाएको छ
संसारिक उहापोहमा हाँसे जस्तो गरे पनि
मेरो चेतनको सुन्यतामा घनघोर आँधि आएको छ
नितान्त् नब ठाँउको कैला भिडहरुमा, तिम्रो पिडा सम्झेर
हृदय पलपलमा बिदिर्न हुने गरेको छ
कैला भिडहरुमा देखिने बृद्ध आखाँहरुको गिलो पर्खाइमा
मेरा आँखाहरुले समुन्द्र तर्ने गरेको छ
जिबनपर्योन्त् तिम्रो आकाशसरि चौडा छाहरिमा ओत लागेर
मृत्युबोध गर्ने अतिरन्जना यध्यपि रहेको छ
खै के भनौ कहिले काहिँ जिबनचक्रको यथार्थलाई चिथोरेर
असत्य सबित गर्ने इच्छा लाग्ने गरेको छ
तिम्रो असैह्य्य पिडाको अनन्त सुन्यतामा मैले
तिम्रा लागि फुलहरुको स्पर्श देखेको छु
तिम्रो जिबन ध्यानको यो अनन्त गहिराईमा मैले
अथाह अनन्य निर्बिकल्प स्वरुप देखेको छु
तिमिलाई सुभकामना
संजय
तिमिले दिएको जिबनले अझै स्वाश फेर्न पाएको छ
संसारिक उहापोहमा हाँसे जस्तो गरे पनि
मेरो चेतनको सुन्यतामा घनघोर आँधि आएको छ
नितान्त् नब ठाँउको कैला भिडहरुमा, तिम्रो पिडा सम्झेर
हृदय पलपलमा बिदिर्न हुने गरेको छ
कैला भिडहरुमा देखिने बृद्ध आखाँहरुको गिलो पर्खाइमा
मेरा आँखाहरुले समुन्द्र तर्ने गरेको छ
जिबनपर्योन्त् तिम्रो आकाशसरि चौडा छाहरिमा ओत लागेर
मृत्युबोध गर्ने अतिरन्जना यध्यपि रहेको छ
खै के भनौ कहिले काहिँ जिबनचक्रको यथार्थलाई चिथोरेर
असत्य सबित गर्ने इच्छा लाग्ने गरेको छ
तिम्रो असैह्य्य पिडाको अनन्त सुन्यतामा मैले
तिम्रा लागि फुलहरुको स्पर्श देखेको छु
तिम्रो जिबन ध्यानको यो अनन्त गहिराईमा मैले
अथाह अनन्य निर्बिकल्प स्वरुप देखेको छु
तिमिलाई सुभकामना
संजय
Subscribe to:
Posts (Atom)