तिम्रो दुखको खबरले पिडाबोध गरिरहँदा
तिमिले दिएको जिबनले अझै स्वाश फेर्न पाएको छ
संसारिक उहापोहमा हाँसे जस्तो गरे पनि
मेरो चेतनको सुन्यतामा घनघोर आँधि आएको छ
नितान्त् नब ठाँउको कैला भिडहरुमा, तिम्रो पिडा सम्झेर
हृदय पलपलमा बिदिर्न हुने गरेको छ
कैला भिडहरुमा देखिने बृद्ध आखाँहरुको गिलो पर्खाइमा
मेरा आँखाहरुले समुन्द्र तर्ने गरेको छ
जिबनपर्योन्त् तिम्रो आकाशसरि चौडा छाहरिमा ओत लागेर
मृत्युबोध गर्ने अतिरन्जना यध्यपि रहेको छ
खै के भनौ कहिले काहिँ जिबनचक्रको यथार्थलाई चिथोरेर
असत्य सबित गर्ने इच्छा लाग्ने गरेको छ
तिम्रो असैह्य्य पिडाको अनन्त सुन्यतामा मैले
तिम्रा लागि फुलहरुको स्पर्श देखेको छु
तिम्रो जिबन ध्यानको यो अनन्त गहिराईमा मैले
अथाह अनन्य निर्बिकल्प स्वरुप देखेको छु
तिमिलाई सुभकामना
संजय
Subscribe to:
Post Comments (Atom)
oh my god....it's beautiful bhinaju...and pray to god that your father gets well soon..it's really really beautiful..
ReplyDeleteअत्यन्त सुन्दर भावना, बुवाको सुस्वास्थ्यको लागि भगवानसंग प्रार्थना छ
ReplyDelete