जंगली दुलो छोडेर सर्पहरु
आजकल शहर पसेका छन्।
चौडा चिल्ला सडकमा घिस्रेर
अमन र शान्ति डसेका छन्।।
सलबलाई रहेका सर्पहरु देखेर
बच्चाहरु स्कुल जान डराउछन्।
जागिरमा गएका सोझा बाउहरु
आजकल सिम्साझै हराउछन्।।
सर्पदंशको क्रम जति बढे पनि
धुर्त न्याउरिमुसाहरु निरिह देखिन्छन्।
बिच्छिहरुको काइते चलमलाई पनि
किन हो किन सुस्तनै देखिन्छन्।।
छाडा सर्पहरुको मैमत्त दाँईले
शहर आकुल ब्याकुल छ।
मानौ युद्धमा पति गुमाएकी
बिधुवा जस्तो शोकाकुल छ।।
सर्प बिच्छी र न्याउरिमुसाहरुको
ब्रम्हजालमा जेलिएर-
यिनीहरुकै आडम्बरी अतिरंजनाको
पेलाइमा पेलिएर-
शहरले आत्मा र बैभव अनि
रौनक र रहरहरु गुमाएको छ।।
निराशा र छुब्धतामा आज
झन्डै आफ्नो परिचय गुमाएको छ।।
Friday, November 20, 2009
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment
Honest Comments are welcome!