बहस र सम्बादहरु हेर
समय बर्बाद भएको छ
बालको खाल निकाल्ने
क्रममा अमुक घन्टाघर
त्रस्त अनि छुब्ध छ
जागरणका नयाँ पालुवाहरू
औंशीको हाँडीघोप्टे बिलुप्तिमा
शनै शनै लुप्त हुँदा छन्
मुक्त भै सकेका बुद्धहरु
एकपटक फेरी रुंदा छन्
शब्दजालको मोहपाशको धुर्त
मायानगरीको पुच्छरमा आगो बाल
अनि " मध्यरात्री फेरी" लगाउ
बिपनामा लुप्त सपनाहरु जगाउ
भिछ्या मनचिन्ते हुनेछ
समयको आवाजप्रति अकर्ण
नबनी ठोस् भएर हेर
चपल बांकिमता उन्मुक्तिको
त्यो कतै तिम्रै शब्दजाल बीच
तिम्रै अत्मबिस्म्रितातालाई
अनि तिमि भित्रकै पार्थिव विचारको
पुनर्जन्म पर्खी रहेछ
पुनर्जागरण पर्खी रहेछ
Thursday, November 26, 2009
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment
Honest Comments are welcome!