दिन डुब्दै गयो, साँझ गहिरिदै गयो
एकाएक जोरसँग बजेको मन्दिरको धण्टीले
म झसगिंदै अनि सशंकित हुंदै
उसको बादलझैँ केशबाट हात हटाए ।
उ आश्चर्यचकित भइ, अनि क्रुद्घ पनि
एक्कसि उसको सपनाबाट
ब्युँझाईदिएको भनि ।
............................
मैले उसलाई समयको चेश्टा गराएँ
उ निश्चेश्ट भई
मैले उसलाई यथार्थमा झकझक्याए
उ तान्द्रिल भई
उ सपनामै रहन चाहन्थि
मैले चेताए ।
उ निर्निमेष मलाई हेर्न थाली
म लजाए ।
उसको गुलाबी गालाको लाली
मैले रगतमा सजाए ।
उसको प्रपुश्ट चम्पकझैँ शरिरको स्निग्धतामा
म हराए ।
एउटा मादक बेहोशिको मदमा
म बेहोशिए ।
.............................................................................
साँझ रातमा परिणत भएछ ।
हाम्रो वरपर परिवश स्थिर भएछ ।
मैले शान्तिको अनुभव गरे
अनि उसले बन्धनमुक्त निश्वास लिई
एउटा मिठो अनि सुखद
अनुभुतिलाई उसले पिई
म हर्षित भएँ ।
उसका मादक एंव केलिकंपित स्वर लहरीमा
लहरिदै, बहँदैं अनि उडदै
मैले उसको उरध्व नितम्बमा स्पर्ष गरे
अनि सुकोमल कम्मरमा, कंचन जाघंमा
मेरा अनुरागहरु मेरा हातमा आएछन् ।
मैले आफना हातहरु उसका स्कन्घ प्रदेशमा राखे
ओठमा अोठ, अनि श्वासमा श्वास
मानौ अन्तरहिृदयका कुराहरु परस्पर भइरहेछ
अनि स्वप्निल हुदै स्वप्नामा
हामी हरायौँ
वातावरणमा एउटा प्रणय तरलता छर्दै ।
..................................................................
क्षिर अन्धकार अनि मध्यरातमा
चन्द्रमाको शीतल शुभ्र प्रकाशमा
उ ब्यझिईँ, हर्षित भई मेरो साथमा
मैले उसको चेहरा उचाली
चन्द्रमालाई लोभ्याए ।
मैले उसका नयनहरुमा
जीन्दगीका बसन्तहरु सँजाए ।
उसका सजिव चक्षुहरुको चपल वाकिंमतामा
म हराए ।
हाम्रो यस्तो चाला देख्दा
चन्द्रमा र जुनहरु लजाए ।
उसका निशर्त समर्पणहरुमा
मैले रातसगं बिहान नहुन अनुरोध गरे ।
मेरो अनुरोधको जवाफमा
समय शनैः शनैः चिप्लिरह्यो ।
अनि मैले उसलाई आफनो बहुपाशमा बाँधे
अनन्तमा हेर्दै, जहाँबाट
क्रमशः रातको मन्द कालिमा हटदै थियो
एउटा अविस्मरणिय रातको अन्त्यमा ।
........................................................................
स्मृतिको पानाबाट २०४२
Tuesday, December 4, 2012
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment
Honest Comments are welcome!