उ उद्वेलित हुन्छे
युद्वको बिभिषिकाको भयङ्कर सत्यमा,
उ युद्धभुमीमा छे
नरसंहारको ताण्डव नृत्य हेर्दै
क्षतबिक्षत लाशहरुको माझमा
उसको अस्तित्व
उसलाई रौद्र सपना झैँ लाग्छ,
उसका नयनहरु घुम्छन् जीवनको तलाशमा,
उसको जिज्ञासाको जवाफमा
गिद्व, स्याल र मुसाहरु
अस्तित्वबोध गराउँछन रौद्र हुकांरहरुमा,
उ चिच्याउछे
बारुद र बमको धुवाँ अनि धुलोयुक्त वायुमण्डलमा,
उसका आँखाहरु बन्द हुन खोज्दछन्
उ भाग्न खोज्छे,
उसका खुट्टहरु अल्झिन्छन
अगंबिहिन शवहरुमा,
उसका आँखाहरु स्थिर हुन्छन
मानौ उ निर्जीव भएकि छे,
उ उसको मुटुको साहारा खोज्छे
तर लाग्छ उसको जिवंतता लाश भएको छ
उ जडवत हुन्छे
लाशहरुविच, गिद्व, स्याल र मुसाहरुविच,
क्षितिजको रक्तिम रगंहरुबाट
उसलाई सन्ध्याको आभास हुन्छ,
केही ह्रदयविदारक आर्तनादहरु
गिद्व, स्याल र मुसाहरुको चिच्याहटमा बिलुप्त हँुदा
उ आफनो कर्ण अस्तित्वलाई भ्रम ठान्छे
अनि भयानक आवाज निकाल्दै
दौडन्छे, लडदै पडदै
लाशहरुलाई कुल्चदै,
मेशिनगन र राइफलहरुलाई हुत्याउँदैँ,
दौडिरहन्छे, दौडिरहन्छे,
अकस्मात उ टक्क अडिन्छे
मानविय अट्टाहसहरुविच,
उ हर्षबिभोर हुन्छे
मानौ उ भयानक अन्धकारबाट
पेरिसको झिलिमिलिमा आइपुगेकि छ,
अनि केही मानविय खुसफुसाहटहरुमा
उ बिर्सिदिन्छे लाशहरुको थुप्रो,
गिद्व, स्याल र मुसाहरुको झुण्ड,
उ झयामिन पुग्छे
केही मानवहरुको विचमा,
अचानक उ आफनो शरिरको अफठयारा भागहरुमा
केही हातहरुको स्पर्ष पाउँछे,
उ मुग्ध हुन्छे, मायालु हुन्छे
मानविय बात्सल्य अनि सहानुभुतीको बिश्वासमा,
अचानक उ पछारिन्छे अन्धकारमा,
हर्षित अट्टाहसहरुविच
क्रमशः उ केही वजनहरु आफुमाथि महशुश गर्छे,
केही क्षण उ सन्तुष्ट हुन्छे
उ सोच्छे, किनकी यो त जिवीतहरुको वजन हो
क्रमशः वजनहरुको बढोक्तरीमा,
अचानक तिव्र पिडाको लहरमा,
उ चिच्याउँछे
तर उसको चिच्याहट
केही पूरुष अट्टाहसहरुविच
रुमल्लिदै निरन्तर बेहोशीको गहन अन्धकारमा बिलुप्त हुन्छ,
केही भोका कामपिपासुहरुको कामुकताबिच
सत्यमा उ रगताम्य हुन्छे
एउटा सिगों युद्धभुमीको बिदीर्णतालाई सम्झना गराउँदै,
अनि केही प्रहर पश्चात
शनैः शनैः बुटका ग¥याम ग¥याम टाढा हुदै जान्छन्
तर उसको लाश पडिरहन्छ त्यहाँ
गिद्व, स्याल र मुसाहरुविच,
उसलाई दुई वर्गका गिद्व, स्याल र मुसाहरुले खाएका छन्
एउटा सिगों युद्ध मैदान बनाएर
उसको अन्त्यले अनि
सत्यको अस्तित्वलाई चुनौती दिइरहेको हुन्छ
अनि सत्य आफनो बाँच्ने आधार खोजिरहेको हुन्छ ।
Wednesday, December 5, 2012
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment
Honest Comments are welcome!