Thursday, November 22, 2012

अस्पताल

 हावाको अखण्ड र प्रचण्ड निश्वासमा,


काप्छन् बत्तिको हल्का प्रकाशमा,

जीवन अझै वांकी छ समाप्त भएको छैन्

भन्ने मृत्यूको जितको परिवेशले सिंगारिएको

आवाज सूनी अविश्वासमा ।

पिडित र निरिह आवाजरुपि प्रश्वासमा,

अनूहारको जिर्णता गहरिदै जान्छ अन्धकारमा,

धैर्य गर जीवन अनमोल हून्छ

भन्ने मन्द आवाज सूनी,

जिर्णित मूस्कान गहिरीदै जान्छ उपहासमा ।

दूःखी र पिडितको अस्थाई प्रवासमा

सवै आआफूमै दृष्टि फिराउंछन मौनतामा,

जीवनको जीत हून्छ हून्छ, अस्पताल

भन्ने असहाय आवाज सूनी

मृत्यूको अर्को एउटा रेखा थपिन्छ जिर्णित चेहरामा

कराहट गहिरिन्छ व्यंग्यव्यंग्यैमा ।

दूई समूंन्द्र झर्दछन यथार्थि विवशतामा

सवै हार मानेझैं ओठ कपाउंछन निरशतामा

आशा छैन के गरी वचाउने

भन्ने ज्यादै नैराश्यमा डूवेको आवाज सूनी

जीर्णित अनूहारहरु सन्तोषपुर्ण मूस्कान छर्दछन्

वातावरणमा, मृत्यूको परिवेशमा

मानौ उनीहरुलाई यो मन्जूर छ ।
.............................................................................
स्मृतिको पानाबाट  २०४२

2 comments:

  1. Brilliant as usual Sanjaya sir, it feels good to read you here after a long time. Keep 'em coming!

    ReplyDelete

Honest Comments are welcome!